समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

युवतीमाथि एसिड प्रहार गर्ने दुई पक्राउ, अर्को केटा मन पराएको भन्दै एसिड प्रहार

काठमाडौं – गएराती काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु नै बस्ने भारतीय नागरिक मुन्ना महमद रहेका छन्।

Advertisement

प्रारम्भिक अनुसन्धानका क्रममा युवतीले अर्को केटा मन पराएको भन्दै घटना घटाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने दुवै जना डल्लुमा कालीगढको काम गर्दै आएका थिए।

घटना घटेको केहि घण्टा नबित्दै उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article