हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीका डीएफओ साढे पाँचलाखसहित कोशी व्यारेजबाट पक्राउ

दिनेश कार्की गाईघाट । सुनसरीको इनरुवामा रहेको डिभिजन वन कार्यालयका प्रमुख वन संरक्षण अधिकृत साढे पाँचलाख रुपैयाँसहित कोशी व्यारेजबाट पक्राउ परेका छन ।

Advertisement

वन डिभिजन कार्यालय इनरुवामा कार्यरत प्रमुख वन संरक्षण अधिकृत रामबाबु साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले शुक्रबार कोशी व्यारेजबाट पक्राउ गरेको हो अख्तीयार कार्यालयले विशेष सुचनाका आधारमा ५ लाख ५३ हजार रुपैयाँ लिएर कार्यालयको बा २ झ ४१० नम्बरको पिकअप गाडीमा रौतहट तर्फ रहेको घर जादै गर्दा कोशी व्यारेजबाट पक्राउ गरेको हो ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहानदेखी डिएफओ साह घुस वापतको रकम लिएर श्रीमतीसहित घर जान लागेको सुचनाका आधारमा निगरानी गरि पिछा गर्दै जादा सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजबाट उनी सवार सवारी साधनमा उनले बोलेको व्याग भित्रबाट ५ लाख ५३ हजार रुपैयाँ बरामद गरेको थियो ।

सरकारी गाडीमा सुनसरीबाट घरतर्फ जादै गर्दा साथमा भएको रुपैयाँको श्रोत खुलाउन नसकेपछि वन अधिकृत साहलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)