हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अस्पतालका रहेका अमिताभले भने, सेता देखिने नर्स र डाक्टरको उपस्थिति रोबोट जस्तो भान भयो

अमिताभ बच्चन

काठमाडौँ । बलिउडका सुपरस्टार अमिताभ बच्चन कोरोनाभाइरसबाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् । उनको उक्त अस्पतालमा उपचार भइरहेको छ। उनलाई ११ जुलाई संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement

उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकहरुले उनको स्वास्थ्यमा सुधार हुँदै आएको बताएको समाचार माध्यम एबिपी न्युजले जनाएको छ।आइसोलेसन वार्डमा राखिएको अमिताभलाई कसैको पनि सम्पर्कमा आउन दिइएको छैन। यद्यपि उनी सामाजिक संजालमा निकै सक्रिय रहेका छन्। उनले आफ्नो ब्लगमार्फत अस्पतालका आफ्ना अनुभवहरू सार्वजनिक गरेका छन्।

Advertisement

अमिताभ बच्चनले कोरोनाभाइरसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्ने बताएका छन्। उनले ब्लगमा लेखे, ’घना रातको अँध्यारोमा म र चिसो कोठा, म कहिले गाउँछु, सुत्नका लागि आँखा बन्द गर्छु, तर यहाँ कोही पनि हुँदैन। यस्तो अवस्थामा कोरोनाभाइरसबाट पीडित बिरामीको मानसिक स्वास्थ कस्तो हुन्छ, मैले स्पस्टरुपमा थाहा पाए। केहि हप्ता भयो मलाई यहाँ राखिएको, मानिसको आनुहर समेत देख्न पाएको छैन्। डाक्टर र नर्सहरु त छन्, तर तिनीहरु सधैं पीपीई सुटमा हुने गर्दछन्।’

अमिताभ बच्चनले यस अघि डाक्टर र नर्सहरुलाई रोबटको संज्ञा दिदैं लेख्छन्, ’तिनीहरुको हुन् कहिले पनि थाहा हुँदैन, उनीहरुको भावना कस्तो छ, महसुससमेत गर्न सकिँदैन, सबै सुरक्षा सुटमा हुन्छन् , सबै सेता मात्र देखिन्छन्। उनीहरु केवल औषधि दिन आउँछन् जसले गर्दा उनीहरुको उपस्थिति रोबोटको जस्तो भान हुन्छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)