स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश एकमा १९ जना प्रहरीसहित ३१ जना कोरोना संक्रमित

दिनेश कार्की गाईघाट । प्रदेश एकमा १९ जना प्रहरीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरमा ३ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १९ जना प्रहरी छन् ।

Advertisement

जसमा एक महिलासहित १९ जना प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई बुधबार र चार प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेश प्रहरीमा कार्यरत २४ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार संक्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

त्यस्तै विराटनगरका तीनजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये विराटनगर– ३ का दुई जना हुन । एकजना संक्रमितको भने स्पष्ट ठेगाना खुल्न नसकेको मन्त्रालयले जनाएको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article