हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजदेखि देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने, सचेत रहन आग्रह

काठमाडौं । आज सोमबारदेखि देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जल चापयुक्त हावा पनि भित्रिने सम्भावना रहेकोले आजदेखी शुक्रबारसम्म देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

आज प्रदेश ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केही स्थानहरुमा तथा प्रदेश १ र २ का थोरै स्थानहरुमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Advertisement

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)