स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराट नर्सिङ होमका चार स्टाफ नर्सलाई कोरोना

विराटनगर : विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ ।

Advertisement

६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो। पहिलो चरणमा परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ५४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी उनले दिए।

Advertisement

आइतबार पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्। संक्रमित मध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत रहेको जनाइएको छ। संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५ र १० नम्बर वडाका हुन्। एक जनाको ठेगाना धरान रहेको र एक जना कोसी अस्पतालमै बस्ने गरेको महानगरपालिकाका फोकल पर्सन हैदर अलीले जानकारी दिए।

अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्नु पर्ने माग गरेका छन्। कर्मचारी र स्वास्थ्यकर्मी गरेर अस्पतालमा लगभग तीन सयको हाराहारीमा कार्यरत रहेको जनाइएको छ। अस्पताल बिहीबारबाट अनिश्चित कालका लागि सिल गरिएको छ। हाल पोजेटिभ देखिएकासँग अरु कर्मचारी र स्वास्थ्यकर्मीको सम्पर्क भएको हुन सक्ने अनुमान महानगरले गरेको छ। मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा संक्रमणको पुष्टि भएको थियो।

सबै विवरण गलत टिपाएर पीसीआर परीक्षण गराएका उनी संक्रमण देखिएपछि सम्पर्कविहीन बनेका थिए। लगभग ३८ घण्टापछि बिहीबार महानगरको सम्पर्कमा आएका उनलाई शुक्रबार राति उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। शनिबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएका उनी अहिले शिक्षण अस्पतालमा उपचाररत छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article