समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

लम्कीचुहा   –  कैलालीमा भएको सवारी दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ। कैलाली बौनियामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको हो।

Advertisement

ज्यान गुमाउनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय २६ वर्षीया सन्तोशी बोहोरा रहेकी छन्। उनी ट्रकले ठक्कर दिएको स्कुटरको चालक हुन्।

Advertisement

ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।ठक्कर दिने ट्रक र चालक सुर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article