हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दुषित बिर्यबाट गर्भाधान हुँदैन ?

ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा
  • ज्ञानमणि भुर्तेल

एउटा खवर -देउवाले काङ्ग्रेस बाट काङ्ग्रेस निकाले ! अर्को खवर –काङ्ग्रेसमा थापाको समुह नै हुल्न देउवा तयार !
बिपि लाई फाँसीको प्रस्ताव गर्ने , राष्ट्रीय ढुकुटी दोहन गर्दै अनेकौं टिकडम बाट बहुदल हराएर बिपिको बिश्वास माथी कुठाराघात गर्दै मुलुकलाई दशकौं पछि धकेल्ने ! त्यती मात्र हैन बिपिको निधनको पुर्व सन्ध्यामा भुपु प्रधानमन्त्रीको निधनमा बिदा नदिने कपटपूर्ण निर्णय गराउने तर आफ्नो मृत्यु पश्चात् काङ्ग्रेस नेता बाटै राष्ट्रीय झन्डा ओढ्ने सौभाग्य प्राप्त तिनै सुर्य बहादुरका रक्तबिज अब ठुलो काङ्ग्रेस बन्दैछ्न !!

Advertisement


अब उनले काङ्ग्रेसको मंचमा उभिएर बिपि पढाउँछन ! काङ्ग्रेस बुझाउँछन !! निष्ठा सिकाउँछन !!! हामी चौरको पुछारमा आलिमा उभिएर उनको समर्थनमा रुन्छे ताली बजाउँछौ !!!

Advertisement

०४६ को आन्दोलनताका चन्द्रगढिको पुलिस कष्टडिमा काङ्ग्रेसि निष्ठा र अडान देखेर तत्कालीन डिएसपी मदन खड्काको भनाई थियो – तपाईंहरु जस्ता निष्ठावान कार्यकर्ता भएको पार्टी बास्तवमै धनी पार्टी हो ! सगसगै चाईनिज प्रोफेसरको नेपाल बारेको धारणा पनि याद आयो – नेपाल सुनको कचौरा बोकेर भिख माग्दैछ !! काङ्ग्रेस भित्र पनि यो कथन लागू हुन्छ !! काङ्ग्रेस भित्र अहिले पनि निष्ठाको खानी छ ! त्यागको नमुना छ !! लाखौं कार्यकर्ता भुमिका बिहीन अबस्थामा छन !! नेतृत्वको नजर भने भिखमै छ ! सन्तुष्टि रछ्यान चाट्नु मै छ !!!

हो ! नेता कार्यकर्ताले समय समयमा जान अन्जानमा केही तलमाथि गरे होलान चाहे तनहुँका गोबिन्द राज जोशी हुन या झापाको जगदीश काफ्ले होस ! उनिहरु भित्र अहिले पनि काङ्ग्रेसि खुन नै बग्दैछ ! रक्सीको नसामै सहि जगदीश अहिले पनि काङ्ग्रेस नै बर्बराउँछ !!! उनिहरुमा सुधारको खाँचो छ निष्कासनको हैन !!! निष्कासननै काङ्ग्रेस सुधारको अचुक औषधि हो भने स्थानीय चुनावको चितवनलाई सम्झेर देउवा बाट र झापा ३ को संसदिय चुनाव सम्झेर सिटौला बाट गर्नु जरुरी छ !!!

हैन भने – जोशी जस्ता कैयन पुराना नेता कार्यकर्ता निकालेर नेतृत्वमा आफैं बसेर पन्चायती बेलगाम समूह काङ्ग्रेस हुल्नुको तुक के ?काङ्ग्रेस उत्थानका लागि त पक्कै हैन ! पतनका लागि हो भने -सभापतिको भुमिकामा रहनु भएका देउवा र सिटौला ब्राण्ड तेस्रो शक्ति नामको ऐजेरु नै काफी छ !! अरु सलह बटुल्नु जरुरी छैन !!!अहिलेको नाटक हेर्दा लाग्छ -आफ्नो बाउ खेदेर आमाको गर्भाधानको लागि छिमेकी गुहार्ने कुलङ्गार सन्तान र देउवामा कुनै भिन्नता छैन !!
बेलैमा चेत आओस -दुषित विर्य बाट गर्भाधान सम्भव छैन !!!!! हाल  –  झापा बिर्तामोड

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)