कमला भट्टराई , झापा । इनरुवा नगरपालिका क्षेत्रमा रहेका बजार पसल बिहान १० बजेदेखी ४ बजेसम्म मात्र खोल्न पाईने भएको छ । इनरुवा नगरपालिकाको आयोजनामा मेयर राजन मेहता, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक कमल थापा, स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईसहितको बैठकले सो निर्णय गरेको हो ।

इनरुवा नगरपालिकामा बुधवार बिहान बसेको सरोकारवालाहरुको बैठकले अर्को सुचना नभएसम्मका लागी स्वास्थ्य सुरक्षका आवश्यक मापदण्ड अनिवार्य रुपमा पुरा गरि बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म मात्र खोल्न पाईने निर्णय भएको हो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार इनरुवाका बजार पसल, होटल, तथा अन्य सवै प्रकारका व्यवसायहरु शनिवारका दिन पुर्ण रुपमा बन्द गरि अन्य वार दिनहरुमा बिहान १० बजेदेखी ४ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको बताए ।

इनरुवा नगरक्षेत्र भित्र लाग्ने सवै साप्ताहीक हाट बजार बन्द गर्ने र रामजानकी मन्दीरमा लाग्दै आएको तरकारी होलसेल पसल मात्र खुल्ला राखी खुद्रा तरकारी पसललाई बिहिवारे हाटमा व्यवश्थापन गर्न निर्णय गरिएको मेयर राजन मेहताले जानकारी दिए ।
कोरोना भाइरसको सक्रमण समुदायमा फैलिन थालेकाले इनरुवा नगरपालिका भित्र सञ्चालनमा रहेका बाहेक सिटी सफारी र अटोलाई प्रवेशमा रोक लगाई बाहिरबाट आउने जाने सवारी साधनहरु समेत प्रवेश गर्न नदिने निर्णय भएको मेयर राजन मेहताले बताए ।