साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : अपच भोकि फापेन दुई तिहाई

                 – भवानी दङ्गाल ( भानु )

Advertisement

पानी बाराबार छ पार्टीमा
दागा धराधर छ पार्टीमा
अपच भोकि फापेन दुई तिहाई
आफै मारामार छ पार्टीमा !

Advertisement

उन्नतिका सिङै आकाश खुल्नु पर्ने बेला
जनताका ओंठमा मुस्कान फुल्नु पर्ने बेला
गाँड कोराकोर छ पार्टीमा
भन्डा फोराफोर छ पार्टीमा
जनताको माग छ एकताको
मान्छे चोराचोर छ पार्टीमा !!

देशका निम्ति बेहिसाब सपुतहरु मरे
सहिदका सपनाहरु ऐठनमा छन अहिले
गाली गरागर छ पार्टीमा
आँखा तरातर छ पार्टीमा
पराईको गिद्धे नजर परेको यो बेला
अहिले मारामार छ पार्टी !!!

हल्दिवारी – ५ , हाल बिर्तामोड

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article