समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

  पशुपतिक्षेत्र विकास कोषले ल्याएको सय वर्षे गुरुयोजना टाउको कफन बाँधेर कुनै पनि हालतमा लागू हुन दिँदैनौं– मनोज वैद्य

 मुकुन्द कालिकोटे काठमाडौं १७ श्रावण । नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पशुपति क्षेत्रलाई स्तरोउन्नती गर्न पशुपति क्षेत्र विकास कोषले ल्याएको सय वर्षे प्रस्तावित नयाँ गुरु योजनालाई कुनै पनि हालतमा लागू हुन नदिने दावी गरेका छन् । वैद्यले सय वर्षे नयाँ गुरु योजनाले पशुपति क्षेत्रको मौलिक गौरवमय इतिहास, कला, धर्म संस्कृति, सम्यता र परम्परालाई अन्त्य गर्ने नियतले ल्याएको आरोप लगाउँदै यो गुरुयोजना लागू हुन नदिलने दावी गरेका हुन् ।

Advertisement

महामन्त्री वैद्यले यहाँको बस्ती र संस्कृति एक अर्काको पर्याय भएको कारणले गर्दा बस्ती उठाउँदा यहाँको विश्व सम्पदा सूचिमा रहेको सस्कृति नै लोप हुने भएकोले गर्दा कुनै पनि हालतमा गुरुयोजना लागू हुन नदिने बताएका हुन् । वैद्यले भने, पशुपति क्षेत्रको परम्परागत रुपमा मनाउँदै आएको जात्रा, पर्व मौलिक संस्कृति, प्राचिन मूर्च अमूर्त सम्पदाहरु विस्तावित हुने गरी अचानक आधुनिक र काल्पनिक सहर बनाउन खोजेको हुँदा हामीले विरोध गरेका हौं, टाउकोमा कफन बाँधेर सिङ्गो नेपालको पहिचानलाई मेट्न दिनै छैनौं ।

Advertisement

महामन्त्री वैद्यले अहिले सम्बन्धित मन्त्रालयका मन्त्रिले छलफलका लागि बोलाएको र छलफलले नै अगाडिको बाटो तय गर्ने जानकारी दिए । सरकारले अघि सारेको पाशुपत क्षेत्रको गुरु योजनाले वैदिक कालदेखि चलिआएको पशुपतिनाथको धर्म संस्कृति अनि मौलिकता नष्ट आएको भन्दै स्थानीय जनता र राजनीतिकर्मीहरुले गुरुयोजनाको बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले गुरुयोजनामा पशुपतिक्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउन नभइ वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप लगाएका छन् ।

गुरु योजनमा मन्दिरलाई दुई तहमा राख्ने, पश्चिमी गेट नभत्काइ पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थयात्रुहरुको लागि दर्शनपथलाई स्तरोन्नती गर्ने लगायतका प्रस्ताव रहेका छन् तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन् ।

सरकारले अघि सारेको पाशुपत क्षेत्रको गुरु योजनाले वैदिककालदेखि चलिआएको पशुपतिनाथको धर्म संस्कृति अनि मौलिकता माथी आघात पुग्ने भन्दै स्थानीय जनता र राजनीतिककर्मीहरुले गुरुयोजनाको आज शनिवार बिहानै बिरोध प्रदर्शन गरेका छन्। पशुपतिनाथको आँगनबाट सुरु भएको बिरोध र्याली एयरपोर्ट, गौशाला, सिफल चाबहिल हुँदै पुनःपशुपती मै आएर समापन भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article