समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिश्व हिन्दु महासंघब्दारा प्रेस विज्ञप्ति जारी

कमला भट्टराई भद्रपुर/बिश्व हिन्दु महासंघले बुधबार प्रेस बिज्ञप्ति ब्दारा भनेको छ ‘मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मस्थल धार्मिक तथा आध्यात्मिक नगरी भारतको अयोध्यामा आज श्रीराम मन्दिर भूमि पूजनको शिलान्यास कार्यक्रम भारतका प्रधानमन्त्री सम्माननीय श्री नरेन्द्र मोदीज्यूबाट सु–सम्पन्न भएकोमा हामी संसारभरीका हिन्दु ॐकार परिवार हर्षित भएका छौं ।

Advertisement

      भगवान् रामचन्द्रलाई वैदिक सनातनी हिन्दु धार्मावलम्बीह×रू मर्यादा पुरुषोत्तम ठान्दछन्, तसर्थ अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरीका हिन्दूहरूको आस्थाको धार्मिक तीर्थस्थल बन्ने छ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ ।

Advertisement

महासंघकी महासचिब अस्मिता भंडारी ब्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथी रहेको हुँदा हामी नेपालीहरू पनि आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वीत भएका छौं ।

भूमिपूजनको यस पावन अवसरमा विगत लामो समयदेखि रामजन्मभूमि अयोध्याका निम्ती संघर्ष गर्दै आउनु भएका समस्त सन्त, महन्त, धार्मिक समाज सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको दिनले नेपाललाई हिन्दू अधिराज्य पुनस्र्थापना गर्नका निम्ति संसार भरीका ॐकार परिवालाई प्रेरणा मिल्ने छ भन्ने आशा र विश्वासका साथ मित्रराष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू तथा उत्तर प्रदेशका माननीय मुख्यमन्त्री गोरक्ष पीठाधिश्वर महन्त योगी आदित्यनाथ जी महाराजप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article