हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुकेटार टु बिर्तामोड’ साइकल यात्रा शुरु

झापा , असोज १७ । आजदेखि ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु भएको छ । पूर्वी नेपालको साविक मेची अञ्चल क्षेत्रको पर्यटन विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणमा जोड पुगोस् भन्ने उद्देश्यले साइकल यात्रा शुरु भएको हो।

Advertisement

तेह्र जना साइकल यात्री सहभागी उक्त यात्रा बिर्तामोडमा आएर टुङ्गिने आयोजकले बताएको छ । यात्राका संयोजक योगेन्द्र थापाका अनुसार यात्रा शुरु भएको पहिलो रात पाँचथर, दोस्रो रात इलाममा बास बसेर झापा पुग्ने योजना रहेको बताए ।

Advertisement

विपत्ति आइपरेन भने १९ गतेसम्म झापा पुग्ने योजना रहेको उनले जानकारी गराए ।पहाडबाट नै यात्रा शुरु गर्नेबारे स्पष्ट पार्दै संयोजक थापाले ‘हाम्रा पहाडहरु पनि साइकल यात्राका लागि सहज भइसके भन्ने सन्देश दिनु पनि रहेको’ बताए ।यात्राका लागि सहभागीहरु साइकलसहित हिजो नै सुकेटार पुगेका थिए ।

कोरोना कहरलाई मध्यनजर गर्दै यात्रा शुरु गर्नुभन्दा अघि यात्रीहरुले सुकेटारको डाँडामा आआफ्नो टेन्ट टाँगी बासको व्यवस्था गरेका थिए । यस यात्राभरि बासको व्यवस्था भने उनीहरुको टेन्टमा नै हुनेछ ।साइकल यात्रा नेपाल लिङ्स प्याडलको आयोजना तथा सिटी सेन्टर बिर्तामोडमा अवस्थित जाइन्ट साइकलको आधिकारिक बिक्रेता हिमालय माउण्ट वाइक्सको संयोजनमा भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)