सिर्जनशिल युवा क्लब हल्दिबारी-४ को आज १७ गते सनिवार बसेको बैठकले सस्थामा १६ जना नया सदस्यहरुलाइ प्रबेश गराएको छ ।

२०७४ सालमा अनौपचारिक रुपबाट हल्दिबारी -४ मा यस सस्थाको स्थापना भएसंगै सस्थाले हल्दिबारीमा विभिन्न सामाजिक, शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको सस्थाले खासगरि युवापिडीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका कार्यक्रमहरु पनि गरिरहेको छ ।

आज भएको बैठकमा सस्थाका सम्पुर्ण पधादिकारी साथै सस्थाका सल्लाहकार नितेश्वर शाहको उपस्थितिमा सस्थाले नया सदस्यहरुलाइ प्रबेश गराएको हो । सस्थाले सबिक जलथल हाल हल्दिबारी गा.प. वार्ड न• ३,४ र ५ बाट सामाजिक संघसस्थामा आबद्ध हुन चाहने इच्छुक युवाहरुलाइ आवद्ध गराएर सस्था प्रवेश गराएको हो ।
त्यस्मा हल्दिबारी ३ बाट अञ्जली भट्टराई , नवीन भट्टराई हल्दिबारी ४ बाट मुना उप्रेती , इन्द्र ब. प्रधान, रोशन ढुङ्गेल , पंकज शाह बिकास उप्रेती , ओकिल मन्डल , मनिका उप्रेती , स्मृति ओलि , हेमन्ता मगर , भरत ढकाल र हल्दिबारी ५ बाट क्रीतिका दंगाल , बिक्रम अधिकारि, होमनाथ अधिकारी रहेका छ्न ।
त्यस्तै सस्थाले आउदै गरेको बिजया दसमी, शुभ दिपावली तथा छ्ठ पर्वलाइ लक्षित गर्दै ” शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। । साथै सस्थाले नवागंतुक सदस्यहरुलाइ सस्थाको तर्फबाट परिचय कार्ड सोही कार्यक्रमका दिन प्रदान गर्ने जानकारी सस्थाका सचिब प्रकाश खतिवडाले जानकारी दिए ।
