समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन झापा अध्यक्षमा शिबु बुढाथोकी

कमला भट्टराई बिर्तामोड, । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) झापाको अध्यक्षमा ईन्जिनियर शिबु बुढाथोकी चयन भएका छन् । नेकपा झापाको पार्टी कार्यालयमा आज भएको एक विशेष भेलाले ई. बुडाथोकीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

पिन प्रदेश नं. १ का सचिव तथा झापा जिल्ला कार्यदल संयोजक ई. गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ई. प्रकाश खतिवडा, ई. देवेन्द्र अधिकारी, ई.अजित ढुंगाना लगायत दर्जनौँ ईन्जिनियरहरुको उपस्थिति रहेको थियो । नवगठित पिन झापाको उपाध्यक्षमा ई.कृष्ण निरौला, सचिवमा ई. इन्द्रमणि घिमिरे र कोषाध्यक्षमा ई. महेश भण्डारी चयन भएका छन्। त्यसैगरी, सचिवालय सदस्यमा ई. कमलप्रसाद पौडेल, ई.विशाल जवेगु, ई.परिवेश फुयाल चयन भएका हुन् ।

त्यसैगरी, सदस्यहरुमा ई.सागर पोखरेल, ई.किरण विष्ट, ई.खगेन्द्र गुरागाईं, ई.प्रभाष थापामगर, ई. सांग्रिला मणि लामा, ई.अरसद अली, ई.अमित ढुंगाना, ई.गणेश गुरुङ, ई.प्रफुल्ल पोखरेल, ई.अंकिता क्षेत्री, ई.प्रतिक कडरिया, ई.योगेश गौतम, ई.विशाल रिजाल र लक्ष्मीप्रसाद सापकोटा रहेका छन् । नवगठित पिन झापाका अध्यक्ष बुढाथोकीले सम्पूर्ण सह पेशाकर्मीको हकहितका लागि समिति गठन गरिएको बताए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)