चौध वर्षीया बालिकालाई ज र्वजस्ती क रणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।उनका अनुसार प्रहरीमा जाहेरी परेपछि सर्लाही प्रहरीको समन्वयमा ती पुरुषलाई यही असोज १८ गते पक्राउ गरी कास्की ल्याएर आवश्यक कारवाही अगाडि बढाइएको छ ।

आरोपितविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।