साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : “अधिकार”

राज कुमार कार्की –

Advertisement

अधिकार माग्नु ब्यर्थ नै मात्र हो भनि बुझेर जान।

Advertisement

सक्दछौ भने लडेर ल्याउ खोसेर नै भए पनि तान।।

आफ्नो अधिकार खोज्नेहरुले कर्तव्य के हो भनि जान।

किन सुतेर बसिरहेको छ महिला आयोग मान नमान।।

महिला नै भएर महिलाकै किन सौता बन्न जाने ।

एक महिलाले अर्को महिलाको किन भाग खोसि खाने ।।

न्यायाधीश सभामुख सांसद मन्त्री रास्ट्रपति सम्मै खाए।

अन्यायमै छटपटी गरिरहेका छन निर्मलाहरु के दिएर न्याय ।।

पुरुषहरु बिगार्ने पनि त महिला नै हुन ठान नठान।

अधिकार बराबरी हुनुपर्छ महिला पुरुषमा यति कुरा जान।।

किन गर्दछौं महिला पुरुष डलर खेती मिलेर बराबरी।

आफ्नो अधिकार सब बिर्सने डलरको कुरागर्नु गल्ती भो सरासरी।।

पुरुषहरु पनि उत्रने लिएर जात जातिको सधैं काटमार।

महिला र पुरुष दुई जात मात्रै छ बराबरी हुनुपर्छ अधिकार ।।

दाइजो नै ल्याइन बुहारीले भनी कचकच गर्ने जीवन भरी।

ज्यान समेत लिन पछि पर्दैनन् ती सासू भनाउदा नकचरी।।

अन्धो नै भयो सरकार अबत देख्दैन भएको अन्याय अत्याचार।

अरु देशमा भन्दा कम छ हाम्रो देशमा महिला हिंसा भनिरहेको छ कुविचार।।

सांसद मन्त्री बन्दछ्न सधैं किन हो मिलेर सब जोइपोइ।

जनताको अधिकार कर्तव्यका कुरा सम्म गर्ने जनप्रतिनिधि खोइ।।

गर्दछ्न शासन सबै वरिपरि शिहदरबार केन्द्रीकृत भइ ।

सक्छौ भने खिचेर ल्याउ प्रदेश सब धान्न सक्दैन जनताले हेरि।।

पाप त मानव रूपि शरीरले हैन विचारले नै गर्दछ सधैँभरि।

मान्छेहरु गङ्गाजलले शरीर पखाले र पवित्र भएको बिश्वास गर्दछन हेरि।।

भनिन्छ संविधानले सबले बाच्ने अधिकार सुनिस्चित गरेको हेरि।

किन भोकभोकै मर्दैछ्न त जनताहरु सबतिर फेरि ।।

किन गर्दछौं महिला हत्या हिंसा बोक्सी नै हो भनेर ।

कहाँ गए ती महिला अधिकारवादीहरु खाज्दैछ्न होलान् डलर खेती खनेर।।

अन्त्य गरे कविता हजुर छोटकरीमा यति कुराहरू भनि।

बुझि लिनुहोला हजुर अधिकार र कर्तव्य हुनुपर्छ सब बराबरी।। धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article