हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा दुर्घटना, तीनजनाको मृत्यु

 झापा ।प्रदेश नं एक अन्तर्गत सुनसरीको विभिन्न स्थानमा दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ। सुनसरी भोक्राहा नर्सिङ–१ स्थित राजमार्गमा प्रदेश न २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। हिजो बिहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका सोकीलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisement

Advertisement

यसै गरी आइबार अपरान्ह सवा ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङ्करले को १७ प ६९८१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० वर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर , ट्याङकर चालक ईलामका २४ वर्षीय निरस हुमागाईँ नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यस्तै हिजो राति पौने १२ बजे सुनसरी भोक्राहानरसिंह–१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ। \

मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उनि ट्रकमै च्यापिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन। उनको शव जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ। ट्रक चालक सुनसरी लालपुर–४ का ३२ वर्षीय अनुप चौधरी घाइते भएकोमा उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)