हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शिक्षकको पीडा अभिभावकले बुझ्नु पर्छ !

निजी विद्यालयका शिक्षकहरु ६ महिनादेखि तलब विहीन छन्। विद्यालय संचालकहरु अभिभावकले नियमित शुल्क नबुझाए तलब दिन नसक्ने तर्क अघि सारेर बसेका छन।अभिभावकहरु नियमित शुल्क नतिर्ने पक्षमा देखिन्छन।अभिभावकको कुरा नाजायज होइन तर उनीहरुको अडान र सन्चालकहरुको तर्कले शिक्षक कर्मचारी पेलिएका छन।यहानेर अभिभावकले शिक्षकप्रतिको आफ्नो अभिभावकीय भूमिका बुझ्न नसकेको देख्छु।

Advertisement

अभिभावकमा दुईथरि चिन्तन विकसित देखिन्छ।एकथरि अभिभावक नपढाउने शिक्षकलाई तलब किन दिनु पर्यो? भनेर आफू शुल्क नतिर्ने योजनामा देखिन्छन भने अर्काथरिचाहि शिक्षकलाई तलब दिने हाम्रो जिम्मेवारी होइन।त्यो विद्यालयले जान्ने कुरा हो, हामी नपढाएका महिनाको शुल्क दिदैनौ भनेर बसेका छन। यी दुबै चिन्तन अतिवादी र गैरजिम्मेवारपूर्ण छन। निजी विद्यालयका अभिभावकको सम्बन्ध विद्यालयसङ्गभन्दा शिक्षकहरुसङ्ग नजिक हुन्छ र छैन भने हुनुपर्छ किनभने नानी पढाउने विद्यालयले होइन शिक्षकले हो।निजी विद्यालय र अभिभावका बिच क्रेता र विक्रेताको सम्बन्ध प्रवल हुन्छ। निजी विद्यालयले अभिभावकलाई शिक्षा बेच्छ र अभिभावकले किन्छ ।

Advertisement

यही किनबेचको सम्बन्धका कारण अहिले यी दुई पक्षका बिच शुल्क नतिर्ने र तलब नदिने दोहोरी चलेको छ।यी दुई पक्षको यस्तो चरित्रले आजको समाज शिक्षालाई भन्दा पैसालाई महत्त्व दिन्छ भन्ने प्रष्ट हुन्छ र दुबै पक्षले आफ्ना विद्यार्थी र सन्तानलाई भन्दा पैसालाई सर्वस्व ठान्छन भन्ने कुरा बुझ्न आइतबार पर्खिरहनु पर्दैन। मेरो लाटो बुद्धिले चाहि अलि भिन्न बुझेको छ। अभिभावकले बुझ्नु पर्ने कुरा के हो भने,शिक्षा दिने विद्यालय(सन्चालक)ले होइन शिक्षकले हो।शिक्षक विद्यालयप्रति(संचालकप्रति) भन्दा बढी अभिभावक र विद्यार्थीप्रति जिम्मेवार हुन्छ र हुनुपर्छ।विद्यालय(सन्चालक) को काम संयोजन गर्नेमात्र हो।

पढाउने, ज्ञान दिने र विद्यार्थीलाई योग्य बनाउने काम शिक्षकको हो।यसर्थ अभिभावकका लागि सबैभन्दा महत्त्वपूर्ण शिक्षक हुन्छ र हुनुपर्छ।यस अवस्थामा शिक्षकले तलब पाउने विषय पनि अभिभावकका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ।यसर्थ पनि विषयको गाम्भीर्य नबुझिकन अभिभावकले व्यक्त गर्ने उक्त दुबै चिन्तन घातक छन र गैरजिम्मेवारपूर्ण छन। सार कुरो- के कसरी हुन्छ,शिक्षकले पूरा तलब पाउने वातावरण तयार गर्न अभिभावकले भूमिका खेल्नुपर्छ।शिक्षकलाई तलब नदिने भए हामी पनि शुल्क दिन्नौ भने कुरा सन्चालकहरुसङ्ग प्रष्ट रुपमा भन्न सक्नु पर्छ ।

तलब नदिने भए शुल्क किन बुझाउने ? यो कुरा सन्चालकहरुसङ्ग सोध्नु पर्छ र तलब दिन पुग्ने गरी शुल्क बुझाउनु पर्छ।सन्चालकहरुलाई नाफा दिनु नदिनु भिन्न कुरा हो। (समस्याको समाधानका लागि स्वस्थ र शिष्ट बहसका लागि सबैमा हार्दिक अनुरोध छ)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)