योग्यमाया ढुंगाना – सिलिगुडी प बंगाल । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या सर्वाधिक रहेको छ । आफूलाई विश्वकै शक्तिसाली मुलुक भनेर चिनाउने अमेरिकामा अरु मुलुकमाभन्दा बढी संक्रमितको ज्यान गएको हो ।हालसम्म अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या दुई लाख २१ हजार आठ सय १८ रहेको छ । एकै दिन नौ सय ४५ जनाको मृत्यु भयो । संक्रमण पुष्टि भएको संख्या पनि धेरै छ । अमेरिकामा हालसम्म ८१ लाख ४८ हजार एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ५७ हजार सात सय ६३ जना नयाँ संक्रमित थपिए । संक्रमितमध्ये ५२ लाख ६९ हजार छ सय ४१ जनाको उपचार सम्भव भएको छ ।

२६ लाख ५६ हजार छ सय ५४ संक्रमित उपचाररत रहेकोमा १५ हजार एक सय ४३ जनाको अवस्था गम्भीर छ । कोरोना प्रभावितमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतभन्दा मृत्यु संख्या तेस्रो नम्बरमा रहेको ब्राजिलमा धेरै छ । ब्राजिलमा हालसम्म एक लाख ५१ हजार सात सय ७९ जना संक्रमितको मृत्यु भइसक्यो । एकै दिन सात सय १६ जनाले ज्यान गुमाए । ब्राजिलमा हालसम्म ५१ लाख ४१ हजार चार सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा २६ हजार छ सय ७६ नयाँ बिरामी थपिए । ४५ लाख ६८ हजार आठ सय १३ जना उपचारपछि घर फर्किएका छन् । चार लाख २० हजार नौ सय छ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो समय संक्रमण दर विश्वमै उच्च रहेको भारतमा कोरोनाका कारण हालसम्म एक लाख ११ हजार तीन सय ११ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ९४ जनाको मृत्यु भयो । हालसम्म ७३ लाख पाँच हजार ७० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ६७ हजार नौ सय ८८ जना नयाँ संक्रमित थपिए । संक्रमितमध्ये ६३ लाख ८० हजार चार सय ५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । आठ लाख १३ हजार तीन सय तीन जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोनाका कारण १० लाख ९६ हजार दुई सय ९४ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार ५४ जनाले ज्यान गुमाए । तीन करोड ८७ लाख २७ हजार सात सय २६ जनामा संक्रमण पुष्टि भइसकेको छ । २४ घण्टाभित्रमा तीन लाख ७८ हजा नौ सय १२ जना नयाँ बिरामी थपिए । संक्रमितमध्ये दुई करोड ९१ लाख १० हजार आठ सय ८२ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । ८५ लाख २० हजार पाँच सय ५० जना उपचाररत रहेकोमा ७० हजार ६५ जनाको अवस्था चिन्ताजनक छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार