कैलालीमा प्रहरी सहायक निरीक्षक मृत अवस्थामा फेला परेका छन् । गस्तीमा खटिएका धनगढी उपमहानगरपालिका-१२ जुगेडाका असई गोविन्द बिक शव मोहना नदीमा मृत अवस्थामा फेला परेका हुन् भने अर्का हवल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

उनीहरु मोटरसाइकलमा राति साढे आठ बजेतिर गस्तीमा निस्किएका थिए । सम्पर्कविहीन भएका उनीहरुको खोजी गर्ने क्रममा चौकीबाट एक किलोमिटर पर मोटरसाइकल भेटिएको र झण्डै तीन किलोमिटर पर नदीमा शव फेला परेको बताइएको छ ।

तस्करहरुसंगको झडपमा उनीहरु मारिएको हुनसक्ने अनुमान लगाइएको जनाइएको छ ।