हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जन्मदिनमा केक खाँदा एकैघरका १२ जना बिरामी, सबै अस्पताल भर्ना

तनहुँमा जन्मदिनको केक खाँदा एकै घरका १२ जना बिरामी परेका छन् । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा ११ वर्षीय प्रज्वल गैह्रेको जन्मदिनमा केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

Advertisement

बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेका छन् ।

Advertisement

जन्मदिनमा केक खाँएपछि झाडपखाला, बान्ता हुने र टाउको दुख्ने समस्या देखिएपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको जनाइएको छ ।केक खाएका सबैलाई खाद्य विषाक्त भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)