हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लेटाङको जाँतेमा पिकअप दुर्घटना हुँदा ५ जना घाईते

 झापा । जाँतेमा बोलेरो बिकअप भ्यान दुर्घटना हुँदा शुक्रबार ५ जना घाईते भएका छन । जाँते बजार देखि ६ नम्बर बुधबारे तर्फ जाँदै गर्दा को २ च ३७८ नम्बरको भ्यान लेटाङ ८ भुपुटोलमा रहेको लाओती चौक नजिकैको घुम्तिमा दुर्घट्ना भएको हो ।

Advertisement

दुर्घटनामा घाईते हुनेहरुमा मिक्लाजुङ ३ का २० बर्षिय पदम फियाक,मिक्लाजुङ ७ बस्ने ६५ बर्षिय कृष्णलाल बोहोरा, लेटाङ ५ का रत्नकुमार तामाङ,मिक्लाजुङ ७ का १७ बर्षिय प्रशिद्द रेग्मी, दमक ३ कि सलिना बस्नेत रहेको अस्थाई प्रहरी चौकी जाँतेले जनाएको छ ।

Advertisement

सामान बोक्ने भ्यानमा ९ जना मानिस सहित सामान बोकेर धनकुटाको बुधबारे जाँदै गर्दा बाटैमा उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जनाईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)