— राज कुमार कार्की
रोइ रोइ हैन है हासेर पाँच बर्ष देश नै चलाउ l
चुच्चे नक्सा फालि सबको दिल नै फेरि नजलाउ ll
के के कुरा भयो फेरि तिम्रो सामान्तहरुको भेटमा l
अलिकति पनि हरि छैन रैछ है तिम्रो नै पेटमा ll
ताली बजाइ सबले फेरि किन भत्ता नै पचाएउ l
नाटक गरि एकपटक फेरि तिमीले सत्ता बचाएउ ll
हेर्दैछन सबले जैले दलहरुको आन्तरिक लडाइँ l
गर्नेछन् जनताहरुले अब त दलहरु माथि कडाइ ll
झुट्टो राष्ट्रवाद रहेछ तिम्रो है बसेउ खोल नै ओढेर l
सामान्त सँग के कुरा गरेउ जमिन फिर्ता लिन नै छोडेर ll
सरिता गिरी बोलिरहिन है नगद नारायण नोटले l
तिमीहरू सब मात्तिएउ जनताको नै पाएर बहुमतले ll
तिम्रो सत्ता ढल्नेछ कुन दिन हो ती देव नै रिसाएर l
बहुमत तिम्रो आयो अर्को दल सँग नै त मिसाएर ll
एक दिन फेरि टुट्ने छ है त्यो जोडिएको हाँडी l
रसातलमा पुग्नेछ यो दुई पाइलटको जेट गाडी ll
हेरिरहेका छन् जनताहरु तिम्रो सबै घोषणा पत्र l
सुधार गरि नगए पार्नेछन जनताले फेरि अलपत्र ll
समय केहि बाँकी छ सक्छौ भने फेरि सुधार नै गर l
जनताको न्यायालयमा महाभियोग लगाउने नगर तरखर ll
कन्यादान गरेको हैन जनताले मतदान हो भनि जान l
म्यादी मतदान मात्र गरेको हो जनताले मान नमान ll
भाइरस नै पसेको हुनसक्छ तिमो त्यो जेट इन्जिन गाडीमा l
एन्टि भाइरस लगाउ बन्द नै हुनसक्छ चलाउने नाडीमा ll
जिज्ञासा हो यो कवितामा जनताको नगर्नु झगडा लडाइँ l
पचाउन गार्हो हुन्छ होला बिरेचनको कमिले नगर्नु कडाइ ll
जिज्ञासा राखेर कवितामा हजुर बिदा नै भए ऐले l
रिस राग नराख्नु मनमा तलाई लाखे र पखे भनि जैले ll
धन्यवाद ।