हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पैगम्बर हजरतको जन्मदिनमा प्रदेशमा विदा मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

प्रदेश सम्वाददाता
जनकपुरधाम, । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा प्रदेश २को सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराउनु भएको हो ।
उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ ।
मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गर्नु भएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)