हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिहार विधानसभाका लागि आज दोस्रो चरणको मतदान

योग्यमाया ढुंगाना , सिलिगुडी, भारत। भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज दोस्रो चरणमा ९४ सिटका लागि मतदान सुरु भएको छ। २ सय ४३ सिटको बिहार विधानसभाको झण्डै आधा सिटका लागि गत बुधबार मतदान सम्पन्न भएको थियो।
दोस्रो चरणमा आज भइरहेको चुनावमा १ हजार ४ सय ६३ उम्मेदवार चुनावी मैदानमा छन्। बिहारमा विपक्षी दलबाट मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादव, उहाँका दाइ तेज प्रताप यादव तथा अन्य प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ।
सन् २०१५ को विधानसभा निर्वाचनमा यी ९४ क्षेत्रमा तेजस्वीको राष्ट्रिय जनता दलले सबैभन्दा धेरै क्षेत्रमा चुनाव जितेको थियो। उक्त चुनावमा आरजेडीले ३३, जनता दल युनाइटेड जेडीयूले ३०, भारतीय जनता पार्टी भाजपाले २०, कांग्रेसले ७ तथा अन्य साना दलले ४ सिट जितेका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)