समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

Advertisement

शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताए ।

Advertisement

यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।

एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् । आरोपित हालसम्म पक्राउ परेका छैनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article