बिगत केहि महिना अगाडि देखि कोचबुड प्रोडक्सनले कोच गायन प्रतियोगिता २०७३को बिजेता दिल कुमार राजवंशी भएता पनि समाजले दिल कुमार राजवंशी प्रति काम र नजर नदिएको देखेर कोचबुड प्रोडक्सनका अध्यक्ष श्री टेक बहादुर राजवंशीले उहाकों एकल म्युजिक भिडीयो बनाउन निमित्त टिमका महासचिव श्री हृदय राजवंशीको सहमतिमा साथै सबै पदाधिकारीहरुको सहमतिमा यो अभियान सुरु गरिएको थियो l

यस म्युजिक भिडीयोको अभियानमा आर्थिक सहयोगी मनहरु श्री ज्ञानु राजवंशी, श्री कुबेर प्रसाद राजवंशी, श्री छत्र राजवंशी, श्री कृष्ण मान सिंह, श्री विजय राजवंशी, श्री प्रेम राजवंशी, श्री रमेश राजवंशी र संगीत संयोजन श्री बलराम राजवंशीले निशुल्क रुपमा गरेका छन् l

यस गीतमा शब्द अध्यक्ष श्री टेक बहादुर राजवंशी, स्वर/संगीत गायक दिल कुमार राजवंशी, संगीत संयोजन श्री बलराम राजवंशी र रेकर्डिङ भने बिट्स स्टुडियो, बिराटनगरमा भएको हो भने भिडीयो तर्फ अभिनय गर्ने सुश्री प्रतिभा राजवंशी, श्री दिल कुमार राजवंशी, श्री सुबास राजवंशी, श्री जय सिंह राजवंशी, श्री गौतम राजवंशी र सुश्री गरिमा राजवंशी रहेका छन् भने छायांकन श्री मोहन राजवंशी, सम्पादन श्री हृदय राजवंशी र निर्देशकमा गजेन्द्र राजवंशी रहेको छ l
यस म्युजिक भिडियो बाट टेक बहादुर राजवंशीका अनुसार समाजमा घटेका वास्तविक घटनाहरु समावेस गरि चेतनामूलक चित्रण गरी प्रस्तुत गरिएको छ, र समाजले पूर्ण रुपमा काम, नजर र माया गर्नेछ भनी कोचबुड प्रोडक्सनको टिमले दाबी गरेका छन् l


याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार