गुरु ढकाल , इटहरी – स्पेनमा राजा फालेर गणतन्त्र घाेषणा भएकै हाे तर अार्थिक संकट , गृहयुद्ध , अनेकता र विभाजनको कारकतत्व गणतन्त्र नै भएकाे भन्दै राजा अल्फाेन्साेका नाति हुअां कार्लाेस लाई पुन: राजा बनाएर स्पेनमा राजसंस्था फर्काइएकाे थियाे ।
राजसंस्था फ्याकेर धेरै देशमा गणतन्त्र ल्याएका छन तर त्याे तन्त्रले गृहयुद्ध , रक्तपात , विनाश र सन्त्रास मात्र निम्त्याएकाे हाेइन … राजसंस्था फ्याकेर गणतन्त्र खाेज्दा सिक्किमका राजा पाल्देन थन्डुप नाम्ग्याल लाई गद्दीच्युत गर्नासाथ भारतमा विलय भई त्यहाँका जनताले अाफ्नाे राष्ट्रियता नै सदाका लागि गुमाउनु पर्यो ।
इथियाेपिया मा सम्राट हेली लाई हटाएर राजसंस्थाकाे अन्त्य गर्नासाथ त्यहाँ शान्ति , प्रगति र स्थिरताकाे पनि अन्त्य हुन पुग्याे । संघीयता र गणतन्त्रका कारण इथियाेपिया टुक्रिएर इरिट्रिया नामकाे अर्काे देश जन्मियाे । गणतन्त्र लाई सबै राेगकाे अचुक अाेखती भन्दै राजसंस्था फ्याक्ने इथियाेपिया अाज भाेक र राेगले अक्रान्त हुँदै जनजीवन अस्तव्यस्त भएकाे ज्वलन्त दृश्य विश्व दुनियाँ ले हेरिरहेकाे छ ।
अफगानिस्तानका राजा माे. जहिर शाह लाई पदच्युत गरि त्यहीँबाट खेदियाे , गणतन्त्र भन्दै कम्युनिस्ट शासन लादियाे । परिणामत: लाखाैं जनता मारिए , लाखाैं भागेर शरणार्थी बने , शान्ति र स्थिरता हरायाे , तालेवानी र विदेशी सेना हरूकाे अफगानिस्तान परेड भूमि बन्याे
गणतन्त्रकाे नाममा भाडामा गर्भ बाेक्ने हरूले जन्माएकाे सन्तान भनेकाे श्रीमद्भागवत महापुराणले भनेझैं धन्दुकारी हरूकाे राज रहेछ ….. जसकाे राप र ताप सहितकाे दुस्परिणाम नेपाली जनताले अाज भाेग्नु परेकाे हाे ।
त्यसैले गणतन्त्रका नाममा जता हेरेपनि निराश र हतास बाहेक जनताले अरू केही देख्न छाेडेपछि ऐतिहासिक धराेहर राजसंस्था , सांस्कृतिक सभ्यता र नेपाली माैलिक पहिचानकाे पुनर्बहाली गराउन कै लागि देशका मुख्य शहर हरू बाट हजारौं हजार युवाहरू सडकमा उत्रनु परेकाे हाे ।