भद्रपुर । मौसम प्रतिकुलताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको इलाम भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङको घुन्सा पुगेका थिए ।

घुन्साबाट इलामको सन्दकपुरमा निर्माण गरिएको बोर्डर आउट पोष्ट बीओपी निरीक्षणका लागि आउने कार्यक्रम थियो । तर मौसम प्रतिकुलताका कारण प्रधानमन्त्री ओलीको इलाम भ्रमण स्थगित भएको हो । घुन्साको कार्यक्रममा सहभागी भएको अवस्था मौसममा खराबी आएपछि प्रधानमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर विराटनगर आएको थियो ।

विराटनगर विमानस्थलमा इन्धन भरेर प्रधानमन्त्री ओली सवार हेलिकप्टर काठमाडौं फर्किएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर विमानस्थलमा प्रधानमन्त्री सवार हेलिकप्टर इन्धन भरेर फर्किएको छ ।हेलिकप्टर करिब आधा घण्टा रोकिए पनि प्रधानमन्त्री ओली हेलिकप्टरबाट उत्रिएनन् ।

उनीसँगै रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई भने हेलिकप्टरबाट उत्रिएर केही समय भीआईपी कक्षमा बसेर फर्किएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार