हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे।

Advertisement

ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे। महासंघको विधानअनुसार ढकाल अब स्वतः अध्यक्ष बन्नेछन्।

Advertisement

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि (२०७९-२०८२) महासंघको नेतृत्व सम्हाल्नेछन्। शनिबार राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान पक्षकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका छन्।

 

शनिबार नै निर्वाचन सम्पन्न भएपछि १९ औं अध्यक्षको रुपमा शेखर गोल्छा चुनिएका छन्। एसोसिएटतर्फका कार्यकारिणी सदस्यहरु अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा विजयी भएका छन् ।

त्यस्तै जिल्ला नगरतर्फको कार्यकारी सदस्यतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर घड्क, शुरकृष्ण वैद्य, नविनकुमार श्रेष्ठ, डिवी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य र अमृत भट्टचन निर्वाचित भएका छन्।

त्यस्तै वस्तुगत समूहबाट कार्यकारिणी समितिमा ढकाल र प्रधान समूहका नै आधाआधा विजयी भएका छन्। वस्तुगततर्फ नरेशलाल श्रेष्ठ, सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, हेमराज ढकाल, अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान, मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन चुनिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)