देवेन्द्र आलोक- परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप सृदृढ बनाउन राजनीतिक नेतृत्व (पोलिटिकल लिडरसीप) एकदमै जरुरी भएको बताउनुभएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँगको भेटमा ज्ञवालीले सो कुरा बताउनुभएको हो। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शुक्रबार राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका छन।

विहीबार प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि उहाँले शुक्रबार नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेको जनाइएको छ। भेटपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुईपक्षीय सम्बन्धका बृहत पक्षहरुबारे छलफल भएको जानकारी दिनुभयो।

नेम्वाङसँगको भेटमा दुई देशका जनताको बीचमा लामो समयदेखि रहेको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । ‘दुई देशका राजनीतिक दलहरु बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने, दुई देशका संसद–संसद बीचमा सहकार्य विस्तार गर्नुपर्ने विषयमा जोड दिएको छु,’ नेम्वाङले बताउनुभयो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार