मङ्सिर २८ गते, आईतवार ।भद्रपुरमा आज शुन्य संक्रमण रहदा बिर्तामोडमा ५, दमकमा ५, मेचिनगरमा १, गौरिगन्जमा २, गौरादहमा ३ ,कमलमा १ र शिवसतासिमा १ गरि झापामा १७ जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,३१७ जना संक्रमीत हुनुभएकोछ भने ३,४९१ जना निको हुनुभएकोछ । ७०३ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ । झापामा आज एक जनाको मृत्यु भएको भएर मृतकको संख्या १२३ पुगेको छ । मृत्यु हुनुहुनेमा गौरादह-५ का ५५ वर्षीय महिला हुनुहुन्छ ।
देशैभर आज ८३० नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,५०० जना हुनुहुन्छ । आज थप ९ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,६९८ पुगेको छ ।
हाल सम्म २,४८,४२३ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,३५,७३१ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १०,९९४ रहेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार