– राज कुमार कार्की
संसारमा लडाइँ छ को ठूलो।
म ठूलो कि त ठूलो।।
बालुवाटार भन्छ म ठूलो।
खुमल्टार भन्छ म ठूलो।।
सिंहदरबार भन्छ म ठूलो।
भैसेपाटि भन्छ म ठूलो।।
ब्यापारी भन्छ म ठूलो।
ग्राहक भन्छ म ठूलो।।
पार्टीहरु भन्छ्न म ठूलो।
कार्यकर्ता भन्छ्न म ठूलो।।
नेताले भन्छ्न म ठूलो।
जनताहरु भन्छ्न म ठूलो।।
स्थाइ भन्छ म ठूलो ।
अस्थायी भन्छ म ठूलो ।।
केन्द्र भन्छ म ठूलो।
प्रदेश भन्छ म ठूलो।।
नगरपालिका भन्छ म ठूलो।
गरपालिका भन्छ म ठूलो।।
मन्त्री भन्छ्न म ठूलो।
मन्त्राणी भन्छिन म ठूलो।।
श्रीमान भन्छ म ठूलो।
श्रीमती भन्छिन म ठूलो।।
हाकिम भन्छ्न म ठूलो।
कार्यालय सहायक भन्छ म ठूलो।।
कसैले भन्छ राम ठूलो।
कसैले भन्छ रावण ठूलो।।
कसैले भन्दैन त ठूलो।
खै को ठूलो को ठूलो ११
सबैले भन्छ्न म ठूलो।
म पनि भन्छु मह ठूलो।।
सबैले भन्छ्न दुई ठूलो।
म पनि भन्छु एक ठूलो।।
कसैले भन्छ्न म र त सराबर।
म पनि भन्छु त र म बराबर ।।
धन्यवाद ।