नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन् । राजदूत यान्छीले सामान्य शिष्टाचारसमेत उल्लंघन गर्दै सम्पूर्ण कूटनीतिक मर्यादाहरु पार गर्दै राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् । राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत यान्छीले संसद् विघटनप्रति असन्तुष्टि जनाएको स्रोतले दाबी गरेको छ । राष्ट्रपति पदको अपमान हुने गरी राजदूत यान्छीले संसद् पनर्स्थापनाका लागि सभामुखले सिफारिस गर्ने र उक्त सिफारिस अनुमोदन गर्न आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले उक्त सिफारिस अनुमोदन नगरे राष्ट्रपतिविरुद्ध सडक आन्दोलनजस्ता थप कठोर कदमहरु चाल्ने चेतावनी दिएकी छन् । चीनले नेकपालाई योभन्दा खराब स्थितिमा जान नदिन जुनसुकै कदम पनि चाल्न बाध्य हुने समेत बताएकी छन् । यसअघि निकै शान्त र सालिन देखिने चिनियाँ राजदूतले विश्वभरका चिनियाँ राजदूतहरुले देखाउने आफ्नो असली ‘वुल्फ वारियर’ चरित्र प्रस्तुत गरेकी हुन् । चीनको रणनीतिक हेजेमोनिक चरित्र यसका कूटनीतिज्ञहरूको व्यवहारमा पनि देखिन्छ ।
त्यसमा पनि निकै दण्डहीनताको साथ चिनियाँ दूतावासका तल्लो दर्जाका सचिवहरु र सहयोगीहरुले नेपालका मन्त्रीहरुसँग सामान्य शीष्टाचारसमेत पालना नगरि भेट गर्ने गरिरहेका छन् । विश्वसनीय स्रोतका अनुसार प्रभावशाली मध्यस्थकर्ताहरुले चिनियाँ दूतावासका अधिकारीहरुलाई काठमाडौंमा आवागमनका लागि सहयोग गरिरहेका छन् ।
चीनले नेपालको उत्तरी सिमानाको नाकाबन्दीलगायत नेपाललाई ठूलो क्षति हुने काम गरेको भए पनि नेपालका केही व्यक्तिहरुले चीनलाई नेपाल मामिलामा हस्तक्षेपका लागि सहयोग गरिरहेका छन् । नेपालको उत्तरी सीमा क्षेत्रमा चिनियाँ सेनाहरुले नेपाली नागरिकलाई अपमानजनक व्यवहारसमेत गरिरहेका छन् । केही चिनियाँहरुले नेपालसँग शान्त र सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको भए पनि अस्थिर राजनीतिका लागि पनि चीन जिम्मेवार रहेको छ । चिनियाँ आर्थिक नाकाबन्दीका कारण नेपालको अर्थव्यवस्थालाई समेत ठूलो क्षति पुर्याएको छ ।