हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ का नेकपा जिल्ला इञ्चार्जहरु नेपाल–दहालको पक्षमा

कमला भट्टराई -झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई छल्दै असम्बैधानिक ढंगमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाका प्रदेश १ का १४ वटै जिल्ला र विराटनगर महानगरका पार्टी इञ्चार्जहरु उभिएका छन् ।

Advertisement

उनिहरुले विहीवार संयुक्त विज्ञप्ती जारी गर्दै केपी ओलीको सिफारिसमा राष्ट्रपतिव्दारा गैरसम्बैधानिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनको कथित घोषणा अलोकतान्नित्रक, प्रतिगामी, निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमान समेत भएको उल्लेख गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने सम्मको दुस्साहस गरेको उल्लेख गर्दै विज्ञप्ती पछिल्ला दिनमा प्रदेश १ को पार्टी पंक्तिमा पनि भ्रम उत्पन्न गराउन खोजेकोमा त्यस्को विरुद्ध प्रदेश १ का जिल्ला इञ्चार्जहरु नेकपाको सुदृढ एकताको पक्षमा मुलधारमा दृढतापूर्वक उभिएको उद्घोष गरेको छ । विज्ञप्तीमा यस्तो अवस्थामा नेकपाका प्रदेश १ का नेता, कार्यकर्ता, प्रदेशवासी र आम जनसमुदायमा समेत फुट परस्त, गैह्रकम्युनिष्ट र परिवर्तन विरोधी गतिविधिबाट भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै त्यस्तो भ्रममा नपर्न अपिल गरिएको छ ।

विज्ञप्ती जारी गर्ने जिल्ला इञ्चार्जहरुमा भास्कर काफ्ले ताप्लेजुङ, इन्द्रबहादुर आङबो पाँचथर, धिरेन्द्र शर्मा इलाम, रविन कोइराल झापा, घनेन्द्र बस्नेत मोरङ, धर्मराज निरौला सुनसरी, हेमराज भण्डारी धनकुटा, जयन्ती राई तेह्रथुम, राजेन्द्र राई संखुवासभा, सुदन किराती भोजपुर, हेमकुमार राई सोलुखुम्बु, यज्ञराज सुनुवार ओखलढ्ङगा, बलदेव चौधरी उदयपुर, समिता कार्की खोटाङ र विराटनगर महानगरपालिका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन् ।

हस्ताक्षर सहितको संयुक्त विज्ञप्तीमा प्रधानमन्त्री ओलीले पार्टी एकताका वैचारीक–राजनैतिक आधार र भावनाहरु माथी गम्भिर प्रहार गर्दै पार्टीको सर्वस्विकृत संगठनात्मक सिद्धान्त, विधि र पद्धतीमाथी ठाडो धावा बोलेर पार्टी जनता र मुलुक माथी समेत अनुत्तरदायी, गैह्रजिम्मेवार र चरम व्यक्तिवादी गतिविधिहरु गर्दै आएको आरोप लगाइएको छ । भनिएको छ ‘तमाम विषयमा पार्टी भित्र छलफल चलिरहेकै अवस्थामा असम्बैधानिक ढंगले नेपालको हित नचाहने, नेपालमा पूनः अस्थिरता पैदागन वैदेशिक शक्ति केन्द्रहरुको इशारामा नेपालको संविधान, कानुन, जनमत र जनभावनाको विरुद्ध लोकतान्त्रिक मुल्य मान्यता समेतको खिलाफमा नेपाली जनताको घोर अपमान गरेको छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)