मरनच्यासे अनुहार लगाएर बस्नु परेको छ। के गर्नु!समाचार सुने देखि शोकमा परेको! आफ्नैले धोका दिएपछि कसको के लाग्छ र!
नेपालीलाइ “सपना देखाउने राजानेता” भनेर सबैलाइ दुइतिहाइको छाती देखाउदै हिजोसम्म हिडेको मान्छे,आज हन्ड्रेडको स्पिडमा हिडेको रेल लिगबाट लर्खराउदै खेतमा धसारिएको जस्तो भएको छ।
कम्रेड अभिवादन! गाउँ घरका ती श्रमिकको बिश्वास र आस्था सहितको यो सम्मान आज “बतासे” जस्तो भएको छ।
उफ…….लामो सुस्केरा लिएर यो मनलाइ जति नै शान्त बनाउन खोजे पनि मान्ने पक्षमा छैन।
कम्रेड बर्बाद भैयो!अब के हुन्छ?हामी के गर्ने कम्रेड?भन्नु न कम्रेड?हामी यताका कि उताका?कानमा झ्याउकिरी झै कराइ रहन्छ। अबोध कम्रेडका ति सरल प्रश्नै प्रश्नले मन उद्देलित हुन्छ। के गरुम-के भनुम हुन्छ। कम्रेडका प्रश्नै प्रश्नले हैरान भएको “म”(नेकपा)(लेखक हैन नि)आज यताको कि उताको भएको छु?अंशबण्डामा परेका त परे,परे,उतै-यतै रमाउलान,भागमा न परेका “म”(नेकपा)जस्ताले के सोच्दा हुन।बित्यास परेकोछ। चिन्ता थपिएकोछ।
त्यसमाथि हिजोसम्म घाटी जोडेर सुतेको कम्रेड आज मुर्दाबाद भएको छ।उ म असली भन्छ,अर्को म असली भन्छ।असली र नक्कली! को चक्करमा कम्रेडहरु घनचक्कर भएकाछन।
एकले अर्कालाइ गालि र तालि दुबै दिएका छ्न।उ आफ्नो,त्यो अर्काको अरे!हा..हा…हा…हा….हा….। थुक! कम्रेड आकाशमा थुक।तिम्रा बुद्धिले भ्याएसम्म थुक!हा…हा….हा…थुक!हा…हा..हा..थुक!कम्रेड! आखिर नांङ्गिने तिमी नै हौ।जनता हैनन।
कम्रेड!जनताले गर्नुसम्म गरेका हुन,तिम्रा लागी तर कम्रेड!आफैले आफ्नैलाइ एक आपसमा धोका दिएको त होनि!
जनताको त कुलमान घिसिङ! थिए। त्यसैले पुन:नियुक्ति पाएनन।जाबो यतिसानो नियुक्तिमा त खल्तिको चिटकटले काम गरेको थियो कम्रेड! हो त्यतिबेला आजको जस्तो सडकमा निक्लनु पर्थियो। तर तै चुप मै चुप! कसो कम्रेड!
स्वाभिमान र आत्मसम्मानका साथ भनौ त कम्रेड तपाइको मन रोएको छैन र! मन बिचलित भएको छैन र! समाचारले तपाइलाइ कस्तो बनाइ दियो। तपाइको मस्तिष्कमा भुकम्प गएको अनुभुती भयो कि भएन कम्रेड?
कम्रेड कसैको घर भत्किदा छिमेकी रुनु पर्छ,रमाउने जति त शत्रु भै हालेनि!हैन र!
आज कम्रेडको घर बिगि्रएको छ,चिन्ता सबैलाइ छ। यो घर बिग्रीयो भने,देश र जनतालाइ नोक्सान हुन्छ। राजनीतिक नोक्सान देशको लागी घातक हुन्छ।त्यसैले कम्रेड जस्तै सबै चिन्तित छन।शोकमा छन।तर तपाइ आज पनि उताको र यताको भाग लगाउदै हुनुहुन्छ।पुन: उता र यताको राजनीति गर्दै हुनुहुन्छ।यसले बिस्तारै उहि यता र उताको अंशबण्डाको काम गर्दैन र कम्रेड! यसले कसैको हित गर्दैन,तपाई जति अरु को जानकार छ र!अनि तपाइको यो एक अर्का प्रतिको रोइलो किन त कम्रेड।सहिदले सोध्दैछ्न।
सपनामा सहिद आउदै- जादै गर्छन,मेरो सहादतको मुल्य के हो? कम्रेड भन्छन् ।निस्पष्ट अधेंरोमा पनि रगत्याम्य भएको त्यो शरिर सुक्क- सुक्क गर्दै गरेको आवाजले भन्दैछ–कम्रेड हामीलाइ स्वर्गमा पनि आशु झार्दै फेरि मारेर छाड्ने भयौ।हामीले त देशको लागि बलिदान दिएका थियौ,तर हाम्रो बलिदानलाइ भागवण्डामा बांडिदियौ।हिजो तिम्रो आदेशमा सहिद भएका हामीहरुलाइ भन्देउ कम्रेड ! “हामी यताका कि उताका”
अस्तु
भद्रपुर-७,झापा।
निजी निवास
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1