हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हाम्रै नेपालमा बारीमा नै गएर साग, धनियाँ, टमाटर, गाँजर रोजी रोजी किनेर लैजान पाइन्छ

काठमाडौँ । जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।

Advertisement

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका–१ का स्थानीयवासी भीमबहादुर बुढाले जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । ” तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो ।

विदेश तथा भारतबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिनुभयो । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उहाँले बताउनुभयो । सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरेका उपाध्यक्ष उहाँले भन्नुभयो, “सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा यहाँका स्थानीयवासीमा आकर्षण बढेको उपाध्यक्ष बुढाले बताउनुभयो ।”

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ । बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान राप्रसाद धितालले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)