एजेन्सी-आर्या एस राजेन्द्रन भारतकै कान्छी मेयर बन्ने भएकी छिन्। उनी २१ वर्ष कै कलिलो उमेरमा भारतकै कान्छी मेयर बन्न लागेकी हुन् । उनी सानो उमेरमा मेयर बन्न लागेको विषयले भारतिय मिडियामा मात्र होइन अन्तराष्ट्रिय मिडियामा समेत छाएकी छन् ।

आर्या भारतको केरला राज्यको तिरुवनन्तपुरमको मेयर बन्ने भएकी हुन्।हालै सम्पन्न नगर निगम निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी ‘मार्क्सवादी’ भाकपाबाट विजयी भएकी आर्यालाई पार्टीले तिरुवनन्तपुरमको मेयर उम्मेदवार बनाएको थियो।

उनी तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा बीएससी म्याथ्सको दोस्रो वर्षमा अध्ययनरत छन् । जसले ८ सय ७२ भोट ल्याएकी थिइन्।आर्याले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारभन्दा ५४९ बढी भोट ल्याएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार