कमला भट्टराई – भद्रपुर। सिकिस्त विरामीको उपचारका लागि तत्काल रगत चढाउँदा रक्त समुह फरक परे ज्याने जान सक्छ । त्यसैले रक्तदान गर्दा रक्त समुह पनि छुट्याउने गरिन्छ । स्वास्थ्य चौकी र अस्पतालले छुट्टा छुट्टै दुइटा रक्त समुह देखाएउँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका यस्तै विरामी ज्यान जनाबाट जोगिएका छ ।

घट्ना गएको पुष १५ गतेको हो ! मिक्लाजुङ–३ साबिक आरूबोटे–८ अरबे चोकका ७८ बर्षीय बृद्ध रूपलाल तामाङ लाई सिकिस्त बिरामी अवस्थामा प्राथमिक स्वस्थ्य केन्द्र रवीमा भर्ना गरिएो । दाहिने पेट पाट दुःखेको उपचारक्रममा शरिरमा रगतको मात्रमा कमि देखिएको बताइयो ।

केन्द्रमा रगत लगाउने सुबिधा नभएकाले उनको रक्त समुह एबी प्लस भएको प्रमाणपत्र सहित अन्यन्त्र लेजान रेफरल गरियो । कोराना महामारीका कारण ब्लड बैंकमा रगत नपाइएकोले रगत दाता सहित धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको विरामीका छोरी मनकुमारी तामाङ बताइन् ।

प्राथमिक स्वस्थ्य केन्द्र रवीले बिरामीको रक्त समुह एबी प्लस भएको प्रमाणपत्र दिएपनि प्रतिष्ठानले पुनः परिक्षण नगरि रगत लगाउन नमिल्ने बताएपछि जाँच गर्दा रक्त समुह ए प्लस देखीएको बिरामीका नाति सुरेन तामाङले बताए । एकै विरामीको रक्त समुह दुई वटा देखिएकोमा विरामीका आफन्तहरु चिन्तित बने । वीपीको रिपार्ट गलत हुनसक्ने भनि उनिहरुले पुनः रक्त समुह परिक्षण गर्न आग्रह गरे ।

दोहोरो परिक्षणमा पनि रक्त समुह ए प्लस नै देखिउपछि आफन्तहरु बल्ला निश्चिन्त बने । शरिरमा रगतको कमी भएको निश्चित डाइग्नोसिश गरेको प्राथमिक स्वस्थ्य केन्द्रले रक्त समुहको परिक्षण कसरी गलत दियो भन्ने प्रश्न आम सरोकारको विषय बनेको छ । विराभी रुपलाल भन्छन् ‘केन्द्रकै रगतको प्रमाणपत्रको आधारमा रगत चढाइएको भए म अहिले सम्म दुनियाँमा रहने थिइन् ।’ पन्चायतकालमा वडा अध्यक्ष रहेका उनले अस्पताल सम्म नगई, कुनै औषधी नखाई ७८औ वर्ष पार गरेका हुन् । अहिले गाउँ सम्म सबै सुविधा पुगेपनि स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा जोखिम भने बढेकोमा उनि चिन्ति छन् ।

गाउँको बिकासमा योगदान गर्दै आएका रूपलालले नावा खोला स्थित १५ लाख मुल्यको २० रोपनि खेत सहयोग स्वरुप गाउँपालिका लाई ८ रुपयामा हस्तान्तरण गरे । समाजका अगुवाहरुको स्वास्थ्योपचारमा लापरवाही हुन्छ भने सर्वसाधारणको अवस्था के होला भन्ने प्रश्नमा उनले भने ‘यस्ता गैरजिम्मेवारी काम गर्ने प्राथमिक स्वस्थ्य केन्द्रका कर्मचारी उपर कार्वाही हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार