हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वर्ष दिनदेखि एक महिलाको ओढारमा बास

न्यूज व्यूरो- चन्द्रगढी। बेवारिस भई वर्ष दिनदेखि ओढारमा बसिरहेकी जुम्लाकी एक महिलालाई अझैसम्म उद्दार गरिएको छैन। चन्दननाथ नगरपालिका-३ स्थित ओढारमा बसिरहेकी काला कुलालको उद्दार हुन नसकेको हो।

Advertisement

यो ओढार जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा पर्छ। कुलाल कहाँबाट आएर जुम्लाको यो ओढारमा बसिरहेकी हुन्‌ भन्ने अझै थाहा लाग्‍न सकेको छैन। उनको उमेर ६० वर्ष हाराहारी रहेको अनुमान गरिएको छ। हिउँद याममा जुम्लाको तापक्रम माइनसमा झर्छ।

Advertisement

अहिले ती महिला बस्ने गरेको क्षेत्रको तापक्रम माइनस ८.५ सेन्टिग्रेटमा झरेको छ। यस्तो चिसो सहँदै ओढारमा बसिरहेकी कुलालको उद्दारमा स्थानीय तहले समेत बेवास्ता गरेको छ। फोहोर कपडामा लट्पटिएकी कुलालको शरीर जीर्ण भइसकेको छ। अत्यधिक चिसो सहन नसक्दा हातखुट्टा कक्रिन थालेका छन्‌। अनुहार पट्‌पटी फुटेको छ।

तत्काल उपचार र स्याहार नपाए ९ महिनादेखि सो ओढारमा बसिरहेकी कुलालको ज्यान जाने खतरा बढेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)