न्यूज व्यूरो- चन्द्रगढी।कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा एक जना र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल सङ्ख्या (२० देशका) तीन सय १५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये ५० हजार छ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार आठ सय ७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार चार सय ३८ छ भने दुई लाख ५३ हजार आठ सय ५७ जना अर्थात् ९७ दशमलव १ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार