न्यूज व्यूरो- चन्द्रगढी। तालाबन्दी र आन्दोलनले विश्वविद्यालय बलियो नबन्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुने एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । आइतबार पूर्वाञ्चल विश्वविद्यालयको २७ औँ वार्षिकोत्सव समारोहका अवसरमा बोल्दै मन्त्री कार्कीले विभिन्न बहाना बनाएर विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउने र तालाबन्दी गरेरमात्रै समस्याको समाधान खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सरकारको तर्फबाट विश्वविद्यालयलाई आवश्यक कानुनी र आर्थिक क्षेत्रमा गर्नुपर्ने सहयोगबारे छलफलका लागि आह्वान गरेका छन् । विश्वविद्यालयको व्यवस्थापन र नेतृत्वलाई साथ सहयोग गर्दै सबै अघि बढ्न सके नेपालकै राम्रो विश्वविद्यालय बनाउन सकिने ठाउँ रहेको जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सबैको साथ सहयोगबाट विश्वविद्यालय आफ्नै थलोमा फर्किएको भन्दै खुसी व्यक्त गरे । वार्षिकोत्सव समारोहका अध्यक्ष एवं विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिकभन्दा प्राज्ञिक थलोका रुपमा मात्रै आफूले हेरेको बताए ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा सदस्य गोपी अछामी, प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपाने, स्कुल अफ हेल्थ साइन्सकी क्याम्पस प्रमुख कविता अधिकारी, परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद सङ्ग्रौला, प्राध्यापक सङ्घका सभापति डा. सन्देशदास श्रेष्ठ, कर्मचारी सङ्घका सभापति राजकुमार सापकोटा लगायतले शुभकामना दिएका थिए ।-देवेन्द्र किशोर ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार