साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : कृषि क्रान्ति

– राज कुमार कार्की

Advertisement

जमिन जति टुक्रा पारे र घर घर
कृषि मन्त्रीले मल ल्याउने रे कठै बर।

Advertisement

हुदो रहेनछ हजुर किन हो साडीमा गोजी
कृषिमा क्रान्ति ल्याउने रे अब त खोजी खोजी !

बजेट जति सकियो रे गाडी र साडीमा
कृषि क्रान्ति आउछ रे चारकोसे झाडीमा ।

फेरि कृषि क्रान्ति ल्याउने रे गल्फकै खाडीमा
उद्घाटन गर्न आउदै रे मन्त्री हात हल्लाउँदै गाडीमा ।

सर्प भ्यागुता पालेर आयो रे कृषि क्रान्ति
बहत्तर करोड पाउँदा नि भएन रे मन शान्ति !

ए हजुर अब त मार्‍यो रे कृषिले छ्लाङ
माइतीघर तिर पो जानु पर्छ रे त मलाम।

बैशाखमा आउदै छ रे हजुर कुम्भ मेला
मासु भातमा अब त मत देला कि नदेला !

कृषि हो कि मन्त्री प्रधान देश
चार जात छतिस बर्णकै रहेछ भेष।

जमिन मात्र हैन पार्टी पनि टुक्रा गरे
कृषि क्रान्ति आउँछ रे त अब भरे !

लेखे मैले यो कविता हजुर मन्त्रीको सुनेर वाणी।
धन्न बनाएनछ्न ईश्वरले साडीमा गोजी जानि नजानि।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article