हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कच्ची सडकमा ट्रक पल्टिँदा सह–चालकको मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी । इलामको माङ्सेबुङ् गाउँपालिकाको भोटेडाँडामा बिहीबार साँझ ट्रक पल्टिएर भएको दुर्घटनामा सह–चालकको मृत्यु भएको छ ।

Advertisement

रवि–दमक कच्ची सडक खण्डअन्तर्गत रविबाट दमकतर्फ आउँदै गरेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् । उनको उपचार जारी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)