राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी नेकपा ओलि समुहको लाल किल्ला – स्वतन्त्र भए प्रचण्ड ,नेपाललाई सुर्य चिन्ह दिउला : महेस बस्नेत

हल्दिवारी l  नेकपाको चुनाव चिन्ह सुर्य अध्यक्ष ओलि सगै रहने भन्दै सुर्य चिन्हमा चुनाव लड्ने भए स्वतन्त्र उम्मेद्बारी दिन प्रचण्ड ,नेपाललाई नेकपाका युवा नेता महेस बस्नेतले हल्दिवारीको एक कार्यक्रममा बताएका छ्न ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलिलाई प्रचण्ड ,नेपाल र खनालले घेराबन्दीमा पारेर पदच्युत गर्न खोजेपछि ससद विघटन गरिएकोले अब चुनावको बिकल्प नरहेको उनको जिकिर थियो । चुनाव सग डराएका उनिहरु अहिले सुर्य चिन्ह आफ्नो हो भन्दै हिडेपनी सुर्य र नेकपा आफुहरुकै हुनेमा कार्यकर्तालाई बिश्वास दिलाएका थिए ।
जनताको बहुदलीय जनबाद जस्ले लिन्छ सुर्य पनि उसैको हुने हुँदा प्रचण्ड ,नेपाललाई नेपालको कुनै ठाउँमा चुनाव जितेर देखाउन समेत नेता बस्नेतले चेतावनी दिएका छ्न । मदन भण्डारी फाउन्डेसन हल्दिवारी शाखाको आयोजनामा भएको कार्यकर्ता भेला तथा पिकनिक कार्यक्रमलाई नेता बस्नेतले पुस्पलाल ,मदन भण्डारी ,मनमोहन अधिकारी पछि केपि ओलि यो देसको महाननेता भएको भन्दै उनको साथ जस्तो सुकै अवस्था दिन पछि नपर्ने उद्द्घोस समेत गरे ।
हल्दिवारीका हजारौं ओलि समर्थक उपस्थित रहेको उक्त पिकनिक कार्यक्रममा नेकपा १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे ,केन्द्रिय सदस्य हरिचरण सिवाकोटी ,सोमनाथ पोर्तेल ,अखिल केन्द्रिय उपाध्यक्ष साथै सस्थाका हल्दिवारी अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले सम्बोधन गर्नु भएको थियो ।
बिबिध सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको पिकनिक कार्यक्रमले हल्दिवारी ओलि समुहको लाल किल्ला रहेको भान प्रष्ट हुन्थ्यो करिब ३ हजार भन्दा बढी कार्यकर्ताले पिकनिकमा सहभागिता गरेको पिकनिक संयोजक हरिकृष्ण अधिकारीले बताए । उक्त कार्यक्रमको सहजीकरण भने फाउन्डेसनका सदस्य महेसलाल मेचेले गरेका थिए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article