समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१४ वटा मोटरसाइकलसहित चोरीमा स‌ंलग्न सातजना पक्राउ

चन्द्रगढी : मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरूले विर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ।

Advertisement

उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिले मंगलवार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा माई नगरपालिका-६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षितिज भनिने रोशन तामाङ र वडा-८ का रोशन बुढाथोकी रहेका छन्।

Advertisement

त्यस्तै पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दीप लिम्बु रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मुकुन्द रिजालले जानकारी दिए। प्रहरीले उनीहरू साथबाट झापा लगायतका विभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ। प्रहरीले १५० सिसीको २ वटा अपाचे, २२० सिसीको २ वटा पल्सर र बाँकी १५० सिसीको पल्सर मोटरसाइकल बरामद गरेका हो। मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको डिएसपी रिजालले बताए।

विर्तामोडमा डेरा गरी बस्दै आएका युवाहरूले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी रिजालले भने, ‘हरेक दिन साँझ परेपछि प्रहरीमा मोटरसाइकल हराएको उजुरी पर्न थाल्यो, एकै समयमा धेरै वटा मोटरसाइकल हराएपछि प्रहरीले यस घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाउँदा सफलता मिल्यो।’ प्रहरीले शनिवार पाँच जनालाई इलामबाट पक्राउ गरी झापा ल्याएको उनले बताए। पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article