राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद् निलम्बन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना सांसदलाई निलम्बन गरेको छ । ओली समूहका मुख्यमन्त्री राईसहित चार मन्त्री, प्रमुख सचेतक र तीन सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

Advertisement

पुस १६ गते ओली समूहका मुख्यमन्त्री राईले प्रचण्ड–माधव समूहका नेता भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका थिए । काउन्टरस्वरुप बुधबार आठ जनालाई स्पष्टीकरण सोधेको प्रचण्ड–माधव समूहले आइतबार निलम्बन गरेको हो ।

Advertisement

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको निलम्बन गरेको जानकारी आइतबार प्रदेशसभा सचिलायमा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article