हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ब्राउन सुगरसहित सिमा क्षेत्रबाट दम्पति पक्राउ

हल्दिबारी क्राइम न्यूज़ डेस्क- चन्द्रगढी। झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् ।

Advertisement

मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Advertisement

थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)