हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोटरसाइकल दुर्घटना परी दुई जनाको मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी। इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

Advertisement

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका-४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो। इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठक्कर दिएको थियो।

Advertisement

दुर्घटना परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चिकित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृत घोषणा गरिदिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।

माघे सङ्क्रान्तिको अवसरमा उनीहरू बिहीबार साथीभाइसँग इलामका कन्याम घुमेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। यता दुवै जनाको मृत्युले अहिले सिङ्गो गाउँ नै शोकमग्न बनेको छ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)